सर्लाही, ८ पुस — सर्लाही जिल्लामा अवैध रूपमा लगाइएको गाँजाको खेती फडानी तथा नष्ट गर्ने कार्य सम्पन्न भएको छ।
मिति २०८२ साल पुस ८ गते बिहान करिब ११:४० बजे, इलाका प्रहरी कार्यालय केशरगंज, सर्लाहीबाट खटिएको ४८ जनाको प्रहरी टोलीले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ अन्तर्गत पर्ने पिपल दमार, छड्के दमार तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा छापा मारेको थियो।
छापामारीका क्रममा करिब ३ बिग्हा क्षेत्रफलको जग्गामा अवैध रूपमा लगाइएको अन्दाजी १६ हजार ५ सय (१६,५००) गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
अवैध लागूऔषध नियन्त्रण तथा चुरे क्षेत्रको संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ रहेको छ।
८ पुस २०८२, मङ्गलबार ०६:५८ मा प्रकाशित