सभापति गगनकुमार थापा आज मधेस प्रदेश आउँदै सर्लाही–४ मा, बागमती पुलमा भव्य स्वागतको तयारी

tejnewskhabar.com

सर्लाही — नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापा आज ११ बजे काठमाडौँबाट सिमरा हुँदै  रौतहटको चपुर   बागमती पुलमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आउनुहुने भएको छ।

सभापति थापाको आगमनको अवसरमा बागमती पुल गेटमा क्षेत्रमा भव्य स्वागतको व्यवस्था मिलाइएको सम्बन्धित पक्षले जनाएको छ। आजको भ्रमणका क्रममा सभापति थापाले सर्लाही–४ का विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी प्रचार–प्रसार गर्ने कार्यक्रम रहेको छ।

मधेस प्रदेश प्रचार–प्रसार प्रमुख नितिश कुमार गुप्ताका अनुसार सभापति थापाको उपस्थितिले निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको चुनावी अभियानलाई थप गति दिने विश्वास गरिएको छ। सभापति थापालाई स्वागत गर्न स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरू उत्साहपूर्वक तयारीमा जुटेका छन् । 

प्रतिक्रिया