माधवनारायण नगरपालिकामा पक्की सडक तथा नाला निर्माण तीव्र

tejnewskhabar.com

रौतहट ०७ पुस गते , माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवको पहलमा माधोपुरदेखि ब्रह्म बाबाको मन्दिरसम्म पक्की सडक तथा दुबैतर्फ नाला निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको उक्त निर्माण कार्य सम्पन्न भएपछि स्थानीयवासीलाई दैनिक आवतजावतमा सहजता पुग्ने विश्वास गरिएको छ। सडकसँगै नाला निर्माण गरिँदा वर्षायाममा हुने जलजमावट, ढलानको समस्या तथा बाढीजन्य जोखिममा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूले दीर्घकालीन विकासलाई मध्यनजर गर्दै अघि बढाइएको यस योजनाको प्रशंसा गर्दै नगर प्रमुख यादवप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न होस् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया