प्रमुख तीन दलबीच चुनावी गठबन्धनको प्रयास तीव्र, ओली–प्रचण्ड भेटवार्ता

tejnewskhabar.com

काठमाडौँ २१ गते । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच चुनावी तालमेलका लागि छलफल तीव्र भएको छ। आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चुनावी गठबन्धनका विषयमा सहमति भइसकेको र सोही सहमतिमा प्रचण्डलाई पनि जोड्ने प्रयास भइरहेको छ। तत्कालका लागि राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर त्यसलाई प्रतिनिधिसभा निर्वाचनसम्म निरन्तरता दिने रणनीतिमा नेताहरु केन्द्रित देखिएका छन्।

तीन दलबीचको सम्भावित तालमेलले आगामी निर्वाचनको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने आँकलन गरिएको छ।

प्रतिक्रिया