तीन बाउ–छोरा एउटै कार्यालयमा, मोलुङ गाउँपालिकामा दुर्लभ संयोग

tejnewskhabar.com

ओखलढुंगा २३ गते । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा एउटै परिवारका तीन बाउ–छोराले एउटै कार्यालयमा सेवा गरिरहेका छन्, जुन निजामती सेवामा दुर्लभ संयोगका रूपमा हेरिएको छ।

पोखरेल परिवारका छोरा इश्वर पोखरेल र सन्तोष पोखरेल गाउँपालिकामा इन्जिनियर पदमा कार्यरत छन् भने उनका बुबा मित्रप्रसाद पोखरेल प्रशासनतर्फ सेवा दिइरहेका छन्। योग्यता र प्रतिस्पर्धामार्फत लोकसेवा आयोग उत्तीर्ण गरेर उनीहरू सरकारी सेवामा प्रवेश गरेका हुन्।

यस परिवारका छोरी र बुहारीसमेत निजामती सेवामा आबद्ध रहेका छन्। योग्यता, मेहनत र निरन्तर अध्ययनको परिणामस्वरूप एउटै परिवारका सदस्यहरू विभिन्न जिम्मेवारीमा सार्वजनिक सेवा गरिरहेका छन्।

हाल भने बुबा र दुई छोराले एउटै कार्यालयमा बसेर स्थानीय तहको विकास र प्रशासनिक सेवामा योगदान दिइरहेका छन्। यस्तो संयोगले निजामती सेवाप्रति युवाहरूमा सकारात्मक सन्देश जाने स्थानीयवासीको भनाइ छ।

प्रतिक्रिया