प्युठान ०५ — नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी सङ्घ प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कमल परियार, जगत जिसी, बिजुला जिसी, प्रथम गुरुङ, बसन्तलाल पुरी र अस्मिता बुढाथोकी निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा शेरसिंह थापा मगर चयन भएका छन् भने सहसचिवमा केशव केसी, जानबहादुर पुन, लक्ष्मी न्यौपाने र केशव पुन चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी अर्जुन न्यौपानेले पाएका छन्।
यसैगरी सदस्यहरूमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी, भगवती दाहाल, तुलसा न्यौपाने, अनिल पन्थी, प्रवेश धामी, शान्ति राना र राधिका शाह चयन भएका छन्।
अधिवेशनले सङ्घका लागि केन्द्रीय प्रतिनिधि तथा विभिन्न पालिका संयोजकहरू समेत चयन गरेको छ। नवनिर्वाचित नेतृत्वले संगठन सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको हकहित, पेशागत सुरक्षा र सेवा प्रवाहको गुणस्तर सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा नेपाली कांग्रेस निकट नेता–कार्यकर्ता, स्वास्थ्यकर्मी तथा सङ्घका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।