नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

tejnewskhabar.com

काठमाडौं ३० गते ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा थापाको मात्रै मनोनयन दर्ता भएको छ।

यससँगै, नेपाली कांग्रेसको नयाँ नेतृत्वको जिम्मेवारी गगन थापाले सम्हाल्ने सम्भावना प्रबल बनेको छ। पार्टीभित्र लामो समयदेखि उठ्दै आएको पुनर्जागरण, पुस्तान्तरण र सुधारको एजेन्डा अब व्यवहारमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार थापाको नेतृत्वले कांग्रेसलाई युवा–केन्द्रित, पारदर्शी र नीतिगत रूपमा स्पष्ट दिशातर्फ अघि बढाउने विश्वास गरिएको छ। पार्टी कार्यकर्ता तथा समर्थकहरूबीच पनि नेतृत्व परिवर्तनप्रति सकारात्मक माहोल देखिएको छ।

अब औपचारिक प्रक्रिया पूरा भएसँगै गगन थापा नेपाली कांग्रेसका नयाँ सभापति घोषणा हुने तयारीमा पार्टी प्रवेश गरेको छ।

प्रतिक्रिया