काठमाडौं, पुस ११ गते — अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन्।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, अन्तरिम सरकारको भूमिका, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका नीतिगत विषय र आगामी राजनीतिक कार्यदिशाबारे छलफल भएको बताइएको छ।
दुवै नेताबीचको भेटलाई वर्तमान राजनीतिक परिस्थितिमा सहकार्य र संवादको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
११ पुस २०८२, शुक्रबार ११:४३ मा प्रकाशित