मधेश प्रदेशले चौथो तहको विज्ञापन भोली गर्ने, पाठ्यक्रममा पनि संशोधन

tejnewskhabar.com

जनकपुर २४ गते । मधेश प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमार्फत चौथो तहका विभिन्न पदका लागि भोली (भोलि) विज्ञापन प्रकाशित गर्ने तयारी गरेको छ। विज्ञापन अघि नै प्रदेशले सम्बन्धित पाठ्यक्रममा आवश्यक संशोधन गरेको स्रोतले जनाएको छ।

संशोधित पाठ्यक्रम अनुसार अब परीक्षा प्रणालीलाई व्यवहारिक, समसामयिक र सेवा–केन्द्रित बनाउने उद्देश्य राखिएको छ। पाठ्यक्रममा सामान्य ज्ञान, सेवा सम्बन्धी आधारभूत अवधारणा, प्रदेश संरचना तथा सम्बन्धित पदअनुसार आवश्यक सीपहरूलाई प्राथमिकता दिइएको छ।

प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेका चौथो तहका पदहरूमा जनशक्ति पूर्ति गर्ने उद्देश्यले विज्ञापन प्रक्रिया अघि बढाएको हो। विज्ञापन सार्वजनिक भएसँगै हजारौँ युवाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

विस्तृत विवरण, पद संख्या, योग्यता र परीक्षा तालिका भने आधिकारिक विज्ञापन प्रकाशित भएपछि मात्रै स्पष्ट हुने बताइएको छ।

प्रतिक्रिया