समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

tejnewskhabar.com

काठमाडौं १३ गते पुस । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन तोकेको छ। आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरूले आज कार्यालय समयभित्रै बन्दसूची बुझाइसक्नुपर्नेछ।

आयोगका अनुसार बन्दसूची बुझाइसकेपछि दलहरूले उम्मेदवारको नाम हेरफेर गर्न नपाउने व्यवस्था छ। बन्दसूचीमा समावेश उम्मेदवारहरू समावेशी सिद्धान्तअनुसार महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको हुनुपर्नेछ।

आज बन्दसूची बुझाएपछि आयोगले सूचीको प्रारम्भिक परीक्षण गर्ने, दाबी–विरोधका लागि समय दिने र त्यसपछि अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। समानुपातिकतर्फको उम्मेदवारी प्रक्रिया आजसँगै निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।

प्रतिक्रिया