बलिउड अभिनेता संजय दत्तले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

tejnewskhabar.com

काठमाडौं, २५ गते — नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता संजय दत्तले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

बिहीबार काठमाडौं आएका अभिनेता दत्त ललितपुरको हात्तीवनस्थित प्रचण्ड निवास पुगेका थिए। उनीहरूबीच करिब आधा घन्टासम्म भेटघाट तथा कुराकानी भएको बताइएको छ। भेटवार्ताको विषयवस्तुबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।



प्रतिक्रिया