काठमाडौं। सिंहदरबारस्थित मन्त्रालयहरूमा पहिलो पटक मन्त्रीहरूको नेम प्लेट Braille (ब्रेल) लिपीमा राखिएको छ। यस कदमले दृष्टि कमजोर तथा दृष्टिविहीन व्यक्तिहरूलाई मन्त्री तथा मन्त्रालयसम्बन्धी जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ।
समावेशी पहुँच र अपाङ्गता मैत्री सार्वजनिक संरचनाको अभ्यासलाई अघि बढाउने उद्देश्यसहित Braille लिपीको प्रयोग गरिएको हो। यस पहललाई अपाङ्गता अधिकारकर्मीहरूले सकारात्मक कदमका रूपमा लिएका छन्।
सरकारी कार्यालयहरूलाई सबै नागरिकका लागि पहुँचयोग्य बनाउने दिशामा यो प्रयास महत्वपूर्ण मानिएको छ। आगामी दिनमा सिंहदरबारका अन्य सूचनात्मक सामग्री तथा सार्वजनिक स्थलहरूमा समेत Braille र पहुँचमैत्री संरचना विस्तार गर्ने अपेक्षा गरिएको छ।
१४ पुस २०८२, सोमबार १०:०४ मा प्रकाशित