सर्लाहीमा दलित तथा सीमान्तकृत बालबालिकाका लागि निःशुल्क ट्युसन अभियान, शर्मिला थापाबाट स्टेशनरी वितरण

tejnewskhabar.com

सर्लाही, २३ गते — नेपाली कांग्रेस मधेश प्रदेश सदस्य एवं स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाले चन्द्रनगर–३ बाट सुरु गरिएको दलित तथा सीमान्तकृत बालबालिकाका लागि सामुदायिक निःशुल्क ट्युसन कक्षा अवलोकन गर्दै खुसी व्यक्त गर्नुभएको छ।


दीपेश कुशवाहाको पहलमा सञ्चालन भइरहेको उक्त अभियानले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइमा उल्लेखनीय सुधार देखिन थालेको छ। शिक्षा पहुँचबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको यस कक्षाले स्थानीय तहमा सकारात्मक प्रभाव पारिरहेको छ।


थापाले आज ट्युसन कक्षामा अध्ययनरत बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्दै यस्ता सामाजिक अभियानमा सहभागी हुन पाउँदा आत्मसन्तोष मिलेको बताउनुभयो। साथै, अभियानलाई निरन्तर साथ र सहयोग गर्दै आउनु भएका नारायण गुर्मछानप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो।


“अब गाउँ–गाउँ र बस्ती–बस्तीमा शिक्षाको ज्योति फैलाउन हामी सबैले हातेमालो गर्नुपर्छ,” थापाले बताउनुभयो। सामाजिक उत्तरदायित्वका यस्ता प्रयासले समावेशी र समान शिक्षाको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया