जनमत, लोसपा तथा स्वतन्त्र अभियन्ता आजपामा प्रवेश सिरहा–२ क्षेत्रीय भेलामा विभिन्न पार्टीका नेताहरूले आजपा रोजे

tejnewskhabar.com

सिरहा, ७ पुस — मधेस प्रदेशको सिरहाको धनगढीमाई बजारमा आम जनता पार्टी (आजपा)ले आयोजना गरेको सिरहा क्षेत्र नम्बर २ को क्षेत्रीय भेलामा विभिन्न पार्टीका नेताहरूले आ–आफ्नो पार्टी छोड्दै आजपामा प्रवेश गरेका छन्।

नवप्रवेशी नेताहरूलाई आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले टीका र माला लगाएर पार्टीमा स्वागत गर्दै सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

सिरहा क्षेत्र नम्बर २ (ख) बाट मधेस प्रदेशसभा प्रत्यासी तथा जनमत पार्टीका नेता बिनोद चौधरी, गोलबजार नगरपालिकाका मेयर प्रत्यासी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता रामऔतार यादव प्रमुख रहेकाहरूले आजपामा प्रवेश गरेका छन्।

त्यसैगरी विभिन्न पार्टीका नेताहरूका साथै स्वतन्त्र अभियन्ताहरूले पनि आजपामा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा मिथिलेस सिंह, जयप्रकाश, हरिदेव बाब, रामानन्द झा, विलोक्षण साह, रामानन्द साह, गिरजा महतो, गुन्जा साह, नेपाली साह महात्मा, बैजनाथ चौधरी, धनेश्वरी देवी दास, सुरजकुमार सिंह, चन्दन सिंह, शारदादेवी महतो, सोनिता सिंह, जावित्री साफी, ललित साह, फुलदेवी मण्डल, शिलादेवी राय लगायत रहेका छन्, जसको जानकारी आजपा प्रवक्ता चन्द्रभूषण साहले दिनुभयो।

प्रवक्ता साहका अनुसार यसअघि पनि जनमत पार्टीका केन्द्रीय र स्थानीय तहका नेताहरू आजपामा प्रवेश गरिसकेका छन्। पछिल्लो समय विभिन्न पार्टीका नेताकार्यकर्ता र स्वतन्त्र अभियन्ताहरूको प्रवेशको लहर तीव्र रूपमा बढिरहेको प्रवक्ता साहले जानकारी दिनुभयो।



प्रतिक्रिया