मन्त्रिपरिषद् बैठकद्वारा धर्मेन्द्रकुमार मिश्र मधेस प्रदेशमा प्रदेश सचिव सरुवा

tejnewskhabar.com

बारा, ४ पुस – बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ।

गत कात्तिक १८ गते मात्र बारामा कार्यभार सम्हालेका मिश्रको डेढ महिनामै पुनः सरुवा गरिएको हो।

शुक्रबार बसेको संघ सरकारको मन्त्रिपरिषद् बैठकले मिश्रलाई मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रदेश सचिवको रूपमा सरुवा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया