काठमाडौँ१७ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनका अवसरमा प्रदर्शनी आयोजना गर्न भृकुटीमण्डपस्थित विभिन्न स्थल उपलब्ध गराइदिन समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागलाई अनुरोध गरिएको छ।
आयोजक समितिका अनुसार नेपाली कांग्रेसको विशेष महाधिवेशन यही मिति २०८२ पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा गर्ने निर्णय भइसकेको छ। उक्त महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदर्शनी तथा अन्य गतिविधिका लागि आवश्यक स्थल उपलब्ध गराउन पत्रमार्फत औपचारिक आग्रह गरिएको हो।
पत्रमा उल्लेख भएअनुसार प्रदर्शनी हल, खुला चौर, बगैंचा तथा मुलगेट छेउको चौर गरी विभिन्न स्थान तोकिएको अवधिका लागि उपलब्ध गराउन अनुरोध गरिएको छ। प्रदर्शनी हल र खुला चौर पुस २७ देखि २८ गतेसम्म दुई दिनका लागि, बगैंचा पुस २८ गते एक दिनका लागि तथा मुलगेट छेउको चौर पुस २७ गते एक दिनका लागि प्रयोग गर्न प्रस्ताव गरिएको छ।
आयोजक समितिका सदस्य रमेश प्रसाद धमलाले भृकुटीमण्डप व्यवस्थापन विभागसँग आवश्यक समन्वय र सहयोगका लागि आग्रह गर्दै महाधिवेशन सफलताका लागि सहकार्यको अपेक्षा गरिएको बताएका छन्।