जनकपुरधाम ३ गते। मधेस प्रदेशको नामाकरण र राजधानी जनकपुरधाम निर्धारणको ऐतिहासिक निर्णयको स्मरण गर्दै आयोजना गरिएको स्थापना दिवस वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेश सभामुख माननीय राम अशिष यादव, नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय कुमर कान्त झ, श्रम तथा यातायात मन्त्री माननीय मनिष कुमार सुमन, प्रदेश सभा सदस्य माननीय युबराज भट्टराईलगायत विभिन्न दलका नेताहरू, माननीय सदस्यहरू, कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रदेशको पहिचान, हरियाली प्रवर्द्धन र वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक उत्तरदायित्वको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
स्थापना दिवसको अवसरमा सम्पन्न उक्त कार्यक्रमले प्रदेशको दिगो विकास र वातावरणीय सचेतनाको दिशामा सबैका लागि प्रेरणादायी भूमिका खेलेको आयोजकहरूको भनाइ छ। 🌱