काठमाडौँ, २१ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतलनिवासमा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारीले संविधान तथा कानुन बमोजिम कार्यालयको वार्षिक कार्यसम्पादन, उपलब्धि, चुनौती र भावी कार्यदिशा समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको हो।
प्रतिवेदन पेशका क्रममा राष्ट्रपति पौडेलले कानुनी शासन, न्यायिक प्रणालीको सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा महान्यायाधिवक्ता कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो।
२० पुस २०८२, सोमबार ०१:५१ मा प्रकाशित