सहकारी ठगीका आरोपित रवि लामिछाने चितवनको भरतपुर पुगेका छन्

tejnewskhabar.com

पुस, ०४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज चितवनको भरतपुर पुगेका छन्। लामिछाने हालसम्म संगठित सहकारी ठगी आरोपमा थुनामा थिए।

उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई शर्तसहित थुनामुक्त गर्ने आदेश दिएको थियो। लामिछानेले पुर्पक्षका लागि थुनामा बसेका बेला बिगोबापत रकम बुझाएर रिहाइको माग उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदनमार्फत गरेका थिए।

शर्तसहित थुनामुक्त गर्ने आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्ने भएकाले लामिछाने सुरुवातमा उडानमार्गबाट भरतपुर पुगे। प्रतिकूल मौसमका कारण सिधा उडान नहुँदा उनी विमानमार्फत भरतपुर पुगेका हुन्। भरतपुरबाट उनी स्थलगत मार्ग हुँदै गाडीमा रुपन्देही प्रस्थान गरेका छन्।

प्रतिक्रिया