रौतहट — रौतहट जिल्ला कार्य समितिको निर्णय बमोजिम आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेता रबिनचन्द्र कोईराला र मिथिलेश कुमार मिश्र उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
तर यसअघि क्षेत्रीय कार्य समितिको बैठकबाट आफ्नो नाम हटाइएको भन्दै दुवै नेताले आपत्ति जनाएका थिए। उनीहरूले क्षेत्रीय तहको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै जिल्ला कार्य समितिमा गुनासो दर्ता गराएका थिए।
यस विषयमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्रप्रसाद यादवले क्षेत्रीय कार्य समितिको बैठकबाट नाम हटाइएको कुरा स्वीकार गर्दै जिल्ला कार्य समितिले आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवार सिफारिस गरिएको जानकारी दिनुभएको छ।
उम्मेदवार सिफारिसको विषयलाई लिएर पार्टीभित्र आन्तरिक छलफल जारी रहेको र अन्तिम निर्णय पार्टीको केन्द्रीय नेतृत्वले गर्ने जनाइएको छ।