भाद्र २३–२४ को घटनाबारे जाँचबुझ आयोगमा उपस्थित हुने रमेश लेखकको निर्णय

tejnewskhabar.com

काठमाडौं १० गते पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गते घटेको घटनासँग सम्बन्धित जाँचबुझ आयोग, २०८२ ले जानकारी लिन बोलाएकामा आफू उपस्थित हुने निर्णय गरेको जानकारी गराएका छन्।


लेखकले यही १४ गते सोमबार आयोगमा उपस्थित भएर आवश्यक जानकारी तथा आफ्ना भनाइहरू राख्ने निर्णय गरेको बताएका छन्। आयोगको औपचारिक प्रक्रिया सम्पन्न भएपछि आफूले सञ्चार माध्यममार्फतसमेत आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।


घटनासम्बन्धी सत्य तथ्य सार्वजनिक गर्न र आयोगको कामलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोगमा जाने निर्णय गरिएको लेखकको निकट स्रोतले जनाएको छ। जाँचबुझ आयोगले घटनाको समग्र पाटोबारे अध्ययन गरिरहेको सन्दर्भमा लेखकको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया