१९ पुस, काठमाडौं – आगामी निर्वाचन २०८२ लाई दृष्टिगत गर्दै स्वदेशी डिजिटल प्लेटफर्म Galli Maps ले नयाँ सुविधा सार्वजनिक गरेको छ, जसबाट मतदाताले मोबाइलमार्फतै आफ्ना नजिकका मतदान केन्द्र पहिचान गर्न र नेभिगेसन गर्न सक्नेछन्।
यो सुविधा मतदातालाई सहज, सूचनामूलक र व्यवस्थित रूपमा मतदान प्रक्रियासँग जोड्ने उद्देश्यले तयार पारिएको हो। Galli Maps का प्रतिनिधिले बताएका छन् कि यो पहल ‘Most Informed Election’ को राष्ट्रिय लक्ष्यतर्फको महत्वपूर्ण कदम रहेको छ।
प्रविधिको प्रयोगमार्फत नागरिक सहभागिता बढाउने र निर्वाचन प्रक्रियालाई अझ पारदर्शी तथा पहुँचयोग्य बनाउने दिशामा यस्तो पहलले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
यो कदमले विशेषगरी ग्रामीण र सिमान्तिक क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म पुग्न सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।