प्रधानमन्त्री सुशीला कार्कीसँग रास्वपा सभापति रवि लामिछानेको भेट

tejnewskhabar.com

काठमाडौँ, ६ गते — प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो। उक्त भेट भएको कुरा लामिछानेको निजी सचिवालयले जनाएको छ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित रास्वपाका शीर्ष नेताहरूको पनि सहभागिता रहेको जनाइएको छ।

प्रतिक्रिया