रौतहट सहित आठवटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ जना घुमुवा अधिकारीहरूलाई हटाइयो

tejnewskhabar.com

०४ पुस, मधेस प्रदेश: मधेस प्रदेशका रौतहट सहित  आठवटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ जना घुमुवा अधिकारीहरूलाई हटाइएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले जनाएअनुसार, घुमुवा प्रहरीसम्बन्धी गुनासोहरू बढ्दै गएपछि यो कदम उठाइएको हो। गुनासोमा असुली गर्ने, धाकधम्की दिने लगायतका गतिविधिहरू समावेश रहेका थिए, जसले जिल्लाहरूमा नागरिकबीच असन्तुष्टि उत्पन्न गरेको थियो।

मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार, प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअन्तर्गत यी ३१ घुमुवा अधिकारीहरू हटाइएका हुन्। उनका अनुसार हटाइएका अधिकारीहरूको भूमिकाबारे आन्तरिक समीक्षा प्रक्रियाले थप निर्णय लिनेछ।

प्रतिक्रिया