रौतहट–मा कांग्रेसको शक्ति प्रदर्शन, मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा सयौँ नेता–कार्यकर्ता कांग्रेस प्रवेश

tejnewskhabar.com

रौतहट–१५  गते । नेपाली कांग्रेस क्षेत्र नं. १ बडहदवामा आज क्रियाशील सदस्य सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादव रहनुभएको थियो।

विभिन्न भेला तथा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले नेपाली कांग्रेसलाई जसरी पनि जिताउनुपर्ने भन्दै नेता–कार्यकर्तालाई एकताबद्ध भएर मैदानमा उत्रिन आह्वान गर्नुभयो। आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसको बलियो पकड कायम राख्दै आउनुभएका मुख्यमन्त्री यादव पार्टी संगठन विस्तारमा कम्मर कसेर लाग्नुभएको देखियो।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय नागेन्द्र शाह, रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार श्री अनिल कुमार झाको पहलमा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवज्यूले टीका लगाएर कांग्रेसमा स्वागत गर्नुभयो।

कार्यक्रममा विशेष अतिथिका रूपमा मधेश प्रदेश सांसद तथा जिल्ला सभापति माननीय सुनिल कुमार यादवको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले कांग्रेसको विजय सुनिश्चित गर्न संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया