विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा विवरण बुझायो

tejnewskhabar.com

काठमाडौँ  माघ १ : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा आफ्नो विवरण पेश गरेको छ। नयाँ नेतृत्व चयनपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय भएअनुसार सभापति गगन कुमार थापाको नेतृत्वमा पदाधिकारी टोली निर्वाचन आयोग पुगेको हो।

निर्वाचन आयोगमा पेश गरिएको विवरणमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली समावेश गरिएको छ। आयोगमा विवरण बुझाएसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा काम सुरु गर्ने प्रक्रिया अघि बढेको छ।

सभापति थापासँगै उपसभापति विश्व प्रकाश शर्मा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



प्रतिक्रिया