जनकपुर १८ गते पुष, बलान–बिहुल। महिला सशक्तीकरण तथा दहेज प्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले बलान–बिहुल युवा सञ्जालको आयोजनामा आज एकदिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि रूपमा अनिता यादव (The Mrs. National की Brand Ambassador तथा समाजसेवी) को गरिमामय उपस्थिति रहेको थियो। साथै, गाउँपालिका प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, पूर्व अध्यक्ष, स्थानीय बुद्धिजीवी, वरिष्ठ व्यक्तित्व तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता देखियो।
कार्यक्रममा महिला अधिकार, सामाजिक न्याय, दहेज प्रथाको नकारात्मक प्रभाव तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने विषयमा महत्वपूर्ण विचार–विमर्श गरिएको थियो। आयोजकहरूले यस कार्यक्रमले समाजमा सचेतना फैलाउन र समानता आधारित सोच विकास गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम सफल बनाउन सहयोग, सहभागिता र हौसला प्रदान गर्ने सबै अतिथिहरू, सहभागी दिदीबहिनीहरू, स्थानीय जनप्रतिनिधि तथा सहयोगी हातहरू प्रति बलान–बिहुल युवा सञ्जालले धन्यवाद व्यक्त गरेको छ।