रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट राजेश चौधरीलाई उम्मेदवार बनाउने प्रबल सम्भावना देखिएको छ। स्रोतका अनुसार सरल स्वभाव र युवामाझ लोकप्रिय चौधरीको उम्मेदवारी लगभग पक्का भइसकेको छ।
यसअघि नेपाली कांग्रेसबाट निर्वाचन लड्दा पनि राजेश चौधरीले रौतहटमा अत्यन्त राम्रो मत ल्याएका थिए। यद्यपि, उच्च मत प्राप्त गरे पनि उनी त्यसबेला निर्वाचन जित्न सफल भएका थिएनन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दा पनि उल्लेखनीय मत पाएका चौधरी यस क्षेत्रका मतदातामाझ परिचित र भरोसायोग्य नेताको रूपमा चिनिन्छन्।
स्थानीय बासिन्दाहरूका अनुसार, यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएमा राजेश चौधरीले रौतहट–१ मा सबैभन्दा राम्रो मतसहित निर्वाचन जित्ने सम्भावना बलियो छ। उनी रास्वपाका युवानेताका रूपमा उदाउँदै गएको र परिवर्तनको चाहना बोकेको मतदाताको आकर्षण केन्द्र बनेको स्थानीयको दाबी छ।
राजनीतिमा निरन्तर सक्रियता, जनतासँगको प्रत्यक्ष सम्बन्ध र सरल जीवनशैलीका कारण राजेश चौधरीलाई रौतहट–१ मा प्रतिस्पर्धी उम्मेदवारका रूपमा हेरिएको छ। अब औपचारिक घोषणासँगै रौतहटको राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ।