रौतहट–२ मा डा. फिरदोस आलमको घरदैलो अभियान तीव्र, लक्षमिनियामा भव्य स्वागत

tejnewskhabar.com

रौतहट, । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. मो. फिरदोस आलम रौतहट क्षेत्र नम्बर २ अन्तर्गत ईशनाथ नगरपालिका वडा नम्बर–५ मा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको छ।

घरदैलो कार्यक्रमका क्रममा लक्षमिनिया टोलमा पुग्नासाथ विभिन्न समुदायका बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूले डा. आलमको भव्य स्वागत गरेका थिए। स्थानीयवासीहरूले फूलमाला, नारा–जुलुस र आत्मीय अभिवादनसहित स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डा. आलमले जनताको माया, भरोसा र समर्थनप्रति आभार व्यक्त गर्दै क्षेत्रको समग्र विकास, सुशासन र सामाजिक सद्भावका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो। घरदैलो अभियानमार्फत जनताको भावना बुझ्ने र उनीहरूको समस्या समाधानका लागि संसदमा मजबुत आवाज उठाउने उहाँको भनाइ थियो।


प्रतिक्रिया