ई. नन्दकिशोर यादव जसपा नेपालमा प्रवेश

tejnewskhabar.com

काठमाडौँ २४ गते — नेपाल इन्जिनियर्स एशोसिएशन मधेस प्रदेशका पूर्व अध्यक्ष, नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश समिति सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका केन्द्रीय सदस्य रहनु भएका धनुषा जिल्लाको सबैला नगरपालिका–६ निवासी इन्जिनियर नन्दकिशोर यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबाट उहाँले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गर्नुभएको हो।

नवप्रवेशी इन्जिनियर यादवलाई जसपा नेपालले हार्दिक स्वागत गर्दै सफल राजनीतिक यात्राको कामना गरेको छ।



प्रतिक्रिया