जनकपुर घटनाविरुद्ध वीरगञ्जमा मुस्लिम समुदायको विरोध प्रदर्शन

tejnewskhabar.com

वीरगञ्ज २० गते । धनुषाको जनकपुरमा मस्जिदमाथि आक्रमण गरी पवित्र कुरान जलाइएको घटनाको विरोधमा वीरगञ्जमा मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन्।

वीरगञ्जका विभिन्न स्थानबाट निस्किएको विरोध जुलुस नगरका मुख्य सडक हुँदै अघि बढेको थियो। प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, धार्मिक सहिष्णुता कायम गर्न तथा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन माग गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र सम्भावित अवस्थालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले घटनाबारे छानबिन भइरहेको र दोषीमाथि कानुनअनुसार कारबाही गरिने आश्वासन दिएको छ।

प्रतिक्रिया