डा. प्रमोद कुमार यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशको प्रदेश सचिवमा नियुक्त

tejnewskhabar.com

जनकपुरधाम, ८० पुस — मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार डा. प्रमोद कुमार यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशको प्रदेश सचिव पदमा जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशले मिति २०८१/०९/१० मा जारी गरेको पत्रअनुसार डा. यादवलाई हाल कार्यरत मुख्य मेडिकल सुपरिटेन्डेन्ट (अधिकृत एघारौँ तह) को पदबाट सरुवा गरी प्रदेश सचिवको जिम्मेवारी प्रदान गरिएको हो।

स्वास्थ्य सेवा व्यवस्थापन तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. यादवको नियुक्तिसँगै मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

उक्त पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय किताबखाना (निजामती), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, प्रदेश लेखा नियन्त्रक कार्यालयलगायत सम्बन्धित निकायहरूलाई पठाइएको छ।

प्रदेश सरकारको यो निर्णयले मधेश प्रदेशको स्वास्थ्य प्रणाली सुदृढीकरण तथा सेवाप्रवाह सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएका छन्। 

प्रतिक्रिया