मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न, मुख्यमन्त्री कृष्ण प्रसाद यादवद्वारा सुरक्षा संयन्त्रलाई निर्देशन

tejnewskhabar.com

जनकपुर ३० गते । मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशको शान्ति, सुरक्षा र सुशासन कायम गर्न सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

मुख्यमन्त्री यादवले सीमावर्ती अपराध, तस्करी, लागुऔषध कारोबार तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिप्रति गम्भीर ध्यान दिन निर्देशन दिँदै जनताको जीवन, सम्पत्ति र सम्मानको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारे।

गोष्ठीमा प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, प्रशासनिक अधिकारीहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हालको सुरक्षा अवस्था, चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको जनाइएको छ।

मुख्यमन्त्री यादवले जनमैत्री सुरक्षा प्रणाली विकास गर्दै नागरिकको भरोसा जित्ने गरी काम गर्न सुरक्षा निकायलाई आग्रह गरे।



प्रतिक्रिया