युनिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. को १९ वर्षको गौरवशाली यात्राः २० औँ वर्षमा प्रवेश गर्दै राष्ट्र निर्माणमा अझ मजबुत योगदानको प्रतिबद्धता

tejnewskhabar.com

काठमाडौं । नेपाली इन्जिनियरहरूको सपना र दृढ संकल्पबाट सन् २००६ मा स्थापित युनिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. ले इन्जिनियरिङ परामर्श क्षेत्रमा १९ वर्षको सफल र गौरवमय यात्रा पूरा गरी आज २० औँ वर्षमा सफलता पूर्वक प्रवेश गरेका छन् । 

गुणस्तर, इमान्दारी र टिम वर्क प्रति अटल प्रतिबद्धताका साथ अगाडि बढेको यो संस्थाले नेपालका ठूला तथा चुनौतीपूर्ण पूर्वाधार परियोजनाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका हुन् । 

राष्ट्र निर्माणको यात्रामा युनिकले निस्वार्थ रूपमा परामर्श सेवा प्रदान गर्दै नेपालको विकासमा अमूल्य योगदान पु¥याउँदै आएको सर्वविदितै रहेको छ ।


कम्पनीको स्थापना र विकासक्रम

सन् २००६ मा नेपाली अग्रणी इन्जिनियरहरूको पहलमा स्थापित युनिक इन्जिनियरिङले छोटो समयमै आफूलाई नेपालको भरपर्दो इन्जिनियरिङ परामर्श संस्थाका रूपमा स्थापित गरेको छ । 

कम्पनीले सुरुआतदेखि नै गुणस्तरीय सेवा, समयमै परियोजना सम्पन्नता र व्यावसायिक इमान्दारितालाई प्राथमिकता दिँदै आएको हो । यसैको फलस्वरूप आज यो संस्था नेपालका मेगा पूर्वाधार परियोजनाहरूको अभिन्न अंग बन्न सफल भएका छन् ।

नेपालका मेगा परियोजनाहरूमा युनिकको योगदान

युनिक इन्जिनियरिङले नेपालका राष्ट्रिय गौरवका परियोजनाहरूमा विस्तृत इन्जिनियरिङ सर्भे, डिजाइन र सुपरभिजन जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । 

केही प्रमुख परियोजनाहरू ः

काठमाडौँ–तराई÷मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) – ५४ किमि ः विस्तृत इन्जिनियरिङ सर्भे । यो परियोजना नेपालको राजधानीलाई तराईसँग जोड्ने महत्वपूर्ण द्रुत मार्ग हो ।

जोमसोम–कोरला (चीन सीमा) सडक – ५६.९ किमि ः विस्तृत सर्भे तथा डिजाइन । यो सडकले नेपाल–चीन सीमा जोडेर व्यापार र पर्यटनलाई बढावा दिनेछ ।

हुलाकी राजमार्ग – १२० किमिः विस्तृत सर्भे तथा डिजाइन । तराई क्षेत्रको वैकल्पिक राजमार्गका रूपमा महत्वपूर्ण रहेका छन् ।

मिड हिल हाइवे परियोजना – १५० किमिः विस्तृत सर्भे तथा डिजाइन । पहाडी क्षेत्रलाई जोड्ने यो राजमार्गले ग्रामीण विकासमा ठूलो योगदान पु¥याउँदैछ ।

कालीगण्डकी करिडोर – ५१ किमिः विस्तृत सर्भे तथा डिजाइन । पहाडी समुदायलाई जोडेर नयाँ आशा जगाएको यो करिडोर ।

युनिकका सेवा क्षेत्रहरू

युनिक इन्जिनियरिङले प्रदान गर्ने मुख्य सेवाहरू ः

इन्जिनियरिङ परामर्श सेवा

सडक, पुल तथा भवन डिजाइन

सर्भे तथा सुपरभिजन

माटो तथा सामग्री परीक्षण प्रयोगशाला

निर्माण व्यवस्थापन सेवा

यस्ता सेवाहरू मार्फत कम्पनीले परियोजनाहरूको गुणस्तर र दिगोपन सुनिश्चित गर्दै आएको छ ।

नयाँ पुस्ताका इन्जिनियरहरूप्रति योगदान

युनिक इन्जिनियरिङले आफ्नो यात्रामा थुप्रै नव–स्नातक इन्जिनियरहरूलाई रोजगारीको अवसर मात्र होइन, व्यावहारिक तालिम, मार्गदर्शन र कार्यानुभव पनि प्रदान गर्दै आएको छ । यसले नेपालमा सक्षम र दक्ष इन्जिनियर जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

२०औँ वार्षिकोत्सवको सन्देश


२०औँ वर्ष प्रवेशको यस विशेष अवसरमा युनिक इन्जिनियरिङ कन्सल्टेन्सीले आफ्ना सम्पूर्ण सरोकारवाला, सहकार्य गर्ने संस्था, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । कम्पनीले आगामी दिनहरूमा पनि गुणस्तर र इमान्दारितालाई कायम राख्दै राष्ट्र निर्माणमा अझ सशक्त र प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता जनाए ।

युनिक इन्जिनियरिङको यो यात्रा नेपालको पूर्वाधार विकासको प्रेरणादायी हो । आगामी वर्षहरूमा अझ नयाँ उचाइहरू छुने शुभकामना छ ।



प्रतिक्रिया