काठमाडौं । भारतको राजधानी दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेटवार्ता गरी फर्किएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएलगत्तै पार्टीभित्रका आन्तरिक नेताहरूसँग छलफलमा व्यस्त भएका छन्।
दिल्ली भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटवार्तापछि प्रचण्डले समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा वरिष्ठ नेताहरूसँग निरन्तर परामर्श गरिरहेको स्रोतले जनाएको छ।
भेटघाट तथा छलफलको श्रृंखला आगामी दिनहरूमा पनि जारी रहने बताइएको छ।
२२ पुस २०८२, मङ्गलबार १०:५३ मा प्रकाशित