वीरगंज, पर्सा । मिति २०८२/०९/१९ गते शनिवार जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच सम्पन्न एकीकरणपछिको समीक्षा बैठक पर्सा जिल्लाको वीरगंजस्थित पुजन होटेलमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहज्यूको प्रमुख उपस्थिति रहेको थियो। साथै पार्टीका केन्द्रीय सदस्यज्यूहरू, संघीय परिषदका सदस्यज्यूहरू तथा पार्टीका विभिन्न भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समीक्षा बैठकले पार्टी एकीकरण प्रक्रियालाई अझ सुदृढ बनाएको निष्कर्ष निकाल्दै संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्। भेलामा कार्यकर्ता साथीहरूको उत्साह, एकता र प्रतिबद्धताले पार्टीलाई आगामी दिनमा थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको थियो।
बैठकमा बोल्दै नेताहरूले अब पार्टीको ध्यान आगामी फागुन २१ गते हुने चुनावतर्फ केन्द्रित रहेको स्पष्ट पार्दै संगठन, कार्यकर्ता र जनताको बलियो साथले सकारात्मक परिणाम आउनेमा पूर्ण भरोसा व्यक्त गर्नुभएको छ।
पार्टी एकीकरणपछि संगठनात्मक मजबुती, जनसम्पर्क विस्तार र निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।