काठमाडौँ महानगरपालिका–८ मा एक्स–रे सेवा सुरु, स्थानीयवासीलाई सहज स्वास्थ्य पहुँच

tejnewskhabar.com

काठमाडौँ महानगरपालिकाको वडा नं. ८ मा स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यसहित एक्स–रे सेवा सुरु गरिएको छ। जयबागेश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षबाट अब वडा भित्रका नागरिकले नजिकै र सुलभ रूपमा सेवा लिन सक्ने भएका छन्।

एक्स–रे सेवा प्रारम्भको अवसरमा रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समेत अवलोकन गरिएको थियो। सो स्वास्थ्य केन्द्रमा दैनिक औसत १०० भन्दा बढी सेवाग्राही स्वास्थ्य सेवा लिन आउने गरेको जनाइएको छ। बढ्दो सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै थप प्रभावकारी निदान सेवाका रूपमा एक्स–रे सुविधा विस्तार गरिएको हो।

महानगरपालिकाले नजिकै, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यअनुसार यस्ता आधारभूत स्वास्थ्य सेवाहरू विस्तार गर्दै आएको जनाएको छ। नयाँ एक्स–रे सेवाले स्थानीय नागरिकको समय र खर्च दुवै बचत हुने विश्वास लिइएको छ।


प्रतिक्रिया