मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् आज ६ मन्त्री थपिँदै पूर्णताकाे चरणमा

tejnewskhabar.com

जनकपुरधाम १५ गते पुस । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् एक महिनापछि पूर्णता पाउने भएको छ। यसैक्रममा आज ६ जना मन्त्री थपिने भएका छन्।

नयाँ नियुक्त हुने मन्त्रीहरूमध्ये मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

नियुक्त भएका सबै मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। लामो समयदेखि अपूर्ण रहेको मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको कामकाज थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया