सिरहा१८ गते । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष विकास शारदाले आफ्नो जन्मदिनको अवसर पारेर सिरहा जिल्लाको बरियारपटी गाउँपालिका–३ श्रीपुरका सत्यनारायण साफीलाई एमबीबीएस अध्ययनका लागि आर्थिक सहयोग घोषणा गरेका छन्।
अध्यक्ष शारदाले साफीको अध्ययन अवधिभर मासिक १० हजार रुपैयाँका दरले ५ वर्षसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअनुसार साफीले कुल ६ लाख रुपैयाँ सहयोग प्राप्त गर्नेछन्।
आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट एमबीबीएस अध्ययन गर्न लागेका साफीका लागि यो सहयोग अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग भएको बताइएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस पहलको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ।
१७ पुस २०८२, शुक्रबार ०५:५४ मा प्रकाशित