जनकपुर १० गते पुस : नेपाल सरकारका माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यूलाई मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णा प्रसाद यादव ज्यू, मधेश प्रदेशका माननीय अर्थमन्त्री महेश प्रसाद यादव ज्यू तथा प्रदेश सांसदज्यूहरूद्वारा मुख्यमन्त्री निवासमा भव्य स्वागत तथा भेटघाट गरिएको छ।
सो अवसरमा संघ र प्रदेशबीचको सहकार्य, वित्तीय व्यवस्थापन, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन तथा मधेश प्रदेशको आर्थिक समृद्धिसम्बन्धी विषयमा छलफल भएको बताइएको छ। भेटघाटका क्रममा प्रदेशको प्राथमिकता, बजेट समन्वय र दीर्घकालीन विकास योजनामा संघीय सहयोगको आवश्यकता बारेमा समेत विचार-विमर्श गरिएको थियो।
अर्थमन्त्री खनाल ज्यूले संघ सरकार प्रदेश सरकारसँग सहकार्य गर्दै समावेशी र दिगो विकासलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री यादव ज्यूले संघ–प्रदेशबीचको सुदृढ समन्वयले मधेश प्रदेशको विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।