जनकपुरधाम, ११ गते — नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले प्रदेशस्तरीय मिडिया तथा प्रचार–प्रसार डेस्कको संयोजकको जिम्मेवारी नितेश कुमार गुप्तालाई प्रदान गरेको छ।
मधेस प्रदेश कार्यसमितिको कार्यालय जनकपुरधामबाट जारी पत्रअनुसार आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूको प्रभावकारी प्रचार–प्रसार र निर्वाचनमा विजयी गराउने उद्देश्यसहित गुप्तालाई उक्त जिम्मेवारी दिइएको हो।
निर्वाचन प्रक्रिया सफल बनाउन प्रदेशस्तरमा मिडिया डेस्क स्थापना गरी प्रचार–प्रसारलाई व्यवस्थित, समन्वित र प्रभावकारी बनाउने जिम्मेवारी गुप्तालाई सुम्पिएको पत्रमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको निर्णयअनुसार सभापति कृष्णप्रसाद यादवले मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्ने जिम्मेवारी समेत गुप्तालाई प्रदान गरेका हुन्। कार्यसमितिले नयाँ जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै गुप्तालाई कार्यकालका लागि शुभकामना दिएको छ।