सातै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त

tejnewskhabar.com

काठमाडौँ, ९ पुस — निर्वाचन आयोग, नेपालले मिति २०८२ साल माघ ११ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले सात जना माननीय जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। आयोगको मिति २०८२ पुस ७ गतेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ।

नियुक्त निर्वाचन अधिकृतहरूले मिति २०८२ पुस १५ गतेदेखि सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य प्रारम्भ गर्ने आयोगले जनाएको छ।

नियुक्त निर्वाचन अधिकृतहरूको विवरण

  • कोशी प्रदेश: श्री भिमराज प्रसाई — मोरङ जिल्ला अदालत
  • मधेश प्रदेश: श्री शुभमबाबु पुरी — धनुषा जिल्ला अदालत
  • बागमती प्रदेश: श्री गीता श्रेष्ठ — मकवानपुर जिल्ला अदालत
  • गण्डकी प्रदेश: श्री हिमाल देवकोटा — कास्की जिल्ला अदालत
  • लुम्बिनी प्रदेश: श्री प्रकाशप्रसाद पण्डित — दाङ जिल्ला अदालत
  • कर्णाली प्रदेश: श्री दीपक ढकाल — सुर्खेत जिल्ला अदालत
  • सुदूरपश्चिम प्रदेश: श्री भुवनसिंह थापा — कैलाली जिल्ला अदालत

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यसहित आवश्यक प्रशासनिक तयारीलाई तीव्र बनाएको जनाएको छ।


प्रतिक्रिया