भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, छानबिनका लागि प्राविधिक टोली झापा

tejnewskhabar.com

झापा १९ पुस,  । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन तथा छानबिन गर्न प्राविधिकसहितको टोली त्यसतर्फ पठाइँदैछ।

शुक्रबार राति ९एन–एमएफ कलसाइन रहेको बुद्ध एयरको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको हो। घटनापछि नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर र सम्बन्धित निकायका प्राविधिक तथा सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेर विस्तृत अध्ययन गर्ने तयारीमा छन्।

दुर्घटनाको कारण मौसम, रन–वे अवस्था वा प्राविधिक त्रुटि के हो भन्नेबारे प्रारम्भिक मूल्याङ्कन भइरहेको जनाइएको छ। घटनामा विमानमा सवार यात्रु तथा चालकदलका सदस्यहरू सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको बताइएको छ।

दुर्घटनापछि केही समय भद्रपुर विमानस्थलको उडान–अवतरण प्रभावित भएको थियो। छानबिन प्रतिवेदन आएपछि थप विवरण सार्वजनिक गरिने सम्बन्धित निकायले जनाएको छ।



प्रतिक्रिया