विद्युतीय सेवा प्रभावकारी बनाउन काठमाडौं महानगरको पहल, डाटा व्यवस्थापन केन्द्रसँग छलफल

tejnewskhabar.com

काठमाडौं, साउन १४ । काठमाडौं महानगरपालिकाले नागरिकलाई प्रवाह गर्ने विद्युतीय सेवामा देखिएका इन्टरनेट र सर्भरसँग सम्बन्धित समस्या समाधान गर्ने उद्देश्यले एकीकृत डाटा व्यवस्थापन केन्द्रसँग छलफल गरेको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराई, महानगरपालिकाको सहरी योजना आयोगका सदस्यहरू, सूचना प्रविधि विभागका प्रमुख, सफ्टवेयर डेभलपमेन्ट सेन्टरका अधिकारी तथा सूचना प्रविधि अधिकृतहरूको सहभागिता रहेको थियो।

बैठकमा इन्टरनेट, सर्भर तथा विद्युतीय सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, प्रणालीको क्षमता, सञ्चालन अभ्यास, सेवा प्रवाहका क्रममा देखिएका अवरोध तथा तिनको दीर्घकालीन समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

काठमाडौं महानगरपालिकाले नागरिकलाई प्रदान गर्दै आएको ई–गभर्नेन्स सेवालाई अझ चुस्त, दुरुस्त, झन्झटमुक्त र प्रभावकारी बनाउन प्राविधिक पूर्वाधार सुदृढीकरण तथा व्यवस्थापकीय अभ्यासमा निरन्तर सुधार गरिरहेको जनाएको छ।

प्रतिक्रिया