जनकपुरधाम, पुस ५ — मधेस प्रदेशसभा सचिवालयले सभामुख पदको निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक नामावली अनुसार सभामुख पदका लागि माननीय रामआशिष यादव र माननीय त्रिलोकी प्रसाद उम्मेदवार रहेका छन्। रामआशिष यादव धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१७ निवासी हुन् भने त्रिलोकी प्रसाद बारा जिल्लाको कोल्हबी नगरपालिका–६, प्रसौनाका बासिन्दा हुन्।
प्रदेशसभा सचिवालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया निर्धारित समयमै सम्पन्न भएको हो। उक्त सूचना प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाद्वारा हस्ताक्षर गरी प्रकाशित गरिएको हो।
५ पुस २०८२, शनिवार ०४:४१ मा प्रकाशित