रातोपाटीको पत्रकार सज्जय मिश्र पत्रकारमाथि दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण

tejnewskhabar.com

जनकपुरधाम, चैत १६ — नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, रातोपाटी डटकमका रौतहट संवाददाता सञ्जय मिश्रमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गर्दै मानमर्दन गरिएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ। “I Support Prabhu” नामक फेसबुक आइडीबाट गरिएको उक्त व्यवहारले पत्रकारको पेशागत मर्यादा र प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको मधेस प्रदेश महासंघको ठहर छ।


समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्नु निन्दनीय र अस्वीकार्य कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।


महासंघले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

प्रतिक्रिया